पत्रकार महासंघ बझाका अध्यक्ष ललितबहादुर सिंहमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं, २९ माघ । नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष ललितबहादुर सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पीडित पत्रकार सिंहका अनुसार यही माघ २८ गते सोमबार राति १०ः०० बजेको समयमा जयपृथ्वी नगरपालिका–१० स्थित सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा रहेका बेला आफूलाई मसस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतका समुहले कुरा गर्नु छ भनी सोही होटेलको कोठामा बोलाएका थिए ।
भोलि कुरा गरौला भन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगार्इ आफूमाथि सो समुहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेका पीडित पत्रकारको भनाइ छ । चक्कु प्रहारबाट चोट लागेपछि पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ ।
जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ महासंघका केन्द्रीय महासचिव रामप्रसाद दालहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै, पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि महासंघले माग गरेको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य
प्रतिक्रिया