सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, ३० माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.८२ अंक (०.०६ प्रतिशत) ले बढेर २,६८५.७३ को विन्दुमा पुगेको छ ।
यसदिन आठ अर्ब ७१ करोड रुपैयाँमा एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भएको छ । आज १३४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ९९ कम्पनीको सेयरमूल्य घटेको र ११ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९.९९ अंकले बढेको छ । सबैभन्दा धेरै गुमाउने उपकार लघुवित्त र सुपर मादी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया