Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

ग्यास व्यवसायीको आन्दोलन स्थगित


काठमाडौं । सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो ।

सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने लगायत विभिन्न १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको थियो । छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका जायज माग थप अध्ययन गरी १५ दिनभित्र पूरा गर्ने बताएपछि १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

ग्यास व्यवसायी आजदेखि चरणबद्ध आन्दोलनमा थिए । आउँदो फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट