बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2025/02/baluwatar.jpg)
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको छ । शुक्रबार साँझको बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु सहभागी छन् ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया