Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

हमासले रिहा गर्न लागेका थप तीन जनाको नाम सार्वजनिक, विपिन जोशी परेनन्


हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटकको सूचीमा पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेनन् । पछिल्लो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीकाबीच हमासले हिजो तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायलको चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।

यसअघि, हमासले इजरायलले युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्तावसमेत गर्नुभएको थियो । गाजामा १५ महिनादेखिको युद्ध अन्त्यका लागि गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएको थियो ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले आफूहरु युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट