Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

ब्ल्याक बुल्सले जित्यो पोखरा गोल्डकपको उपाधि


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

६ पटक उपाधि जितेको पुलिस पहिलो पटक फाइनलमा पुगेको ब्ल्याक बुल्ससँग पराजित भयो । पोखरा रङ्गशालामा आज भएको फाइनलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हरायो ।

सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो । ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट