Techie IT
Samayabaddha
बिहीबार, ८ फागुन, २०८१

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता


काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदैछ ।

नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।

प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट