Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै


काठमाडौं, ५ फागुन । जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने निर्णय गरिएको जनाएको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

“अबको केही समयमा उहाँ (विष्णु पौडेल) लाई डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ,” अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले भने, “डिस्चार्जका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।”

उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट