Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

पत्रकार श्रीवास्तवलाई पितृशोक परेकोप्रति समयबद्धको समवेदना


काठमाडौं, ६ फागुन । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव जितेन्द्रलाल श्रीवास्तवलाई पितृशोक परेको छ ।

उनका पिता जगदीशलाल श्रीवास्तवको ७५ वर्षको उमेरमा २०८१ फागुन ४ गते आइतबार रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुर नरकटियास्थित निवासमा निधन भएको हो ।

समयबद्ध साप्ताहिक/समयबद्ध डटकम दिवंगत जगदीशलालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकमा रहेको परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

साथै नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रामप्रसाद दाहालले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट