Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

हमास स्थायी युद्ध विरामको लागि सबै युद्धबन्दी रिहा गर्न तयार, विपिन जोशीको अवस्था अझै अज्ञात


काठमाडौं । हमासले स्थायी युद्ध विरामको लागि आफूसँग भएका सबै इज्रायली कैदीहरू छोड्न तयार रहेको बताएको छ । त्यसको सट्टा इज्रायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूलाई पनि एकै पटक विनिमय गर्न हमासले प्रस्ताव गरेको हो । यसले स्थायी युद्धविराम र प्यालेस्टाइनी भूमीबाट इज्रायलको सम्पूर्ण फौजी फिर्तीको माग हमाजले राखेको छ । हमासले पहिलो चरणमा छुट्न बाँकी रहेका छ जना इज्रायली कैदीहरूलाई शनिबार रिहा गर्ने जनाइएको छ । इज्रायली विदेशमन्त्री गिडिओन सारले दोस्रो चरणका वार्ताहरू यस हप्ता हुने बताएका छन् ।

गाजामा मानवीय संकट

गाजामा हालसम्म ४८,२९१ मानिसको मृत्यु भइसकेको छ भने १,११,७२२ घाइते भएका छन् । सरकारी मिडिया कार्याालयका अनुसार भग्नावशेषमुनि हराइरहेका हजारौं मानिसहरू मृत घोषित गरिएका छन्, जसले मृतक संख्या ६१,७०९ पुग्न सक्ने देखाएको छ । लेबनानमा इज्र्रायली सेनाको आंशिक फिर्तीपछि उद्धार टोलीहरूले २३ शव फेला पारेका छन् ।

विपिन जोशी अझै बेपत्ता

नेपाली विद्यार्थी विपिन जोशी, जसलाई हमासले अक्टोबर ७, २०२३ मा इज्रायलबाट अपहरण गरेको थियो । उनी अझै अज्ञात छन । हमाजले बन्दी बनाएका २०० भन्दा बढी बन्दीमध्ये नेपाली विद्यार्थी विपिन पनि एक हुन् । इज्ररायलमा भएको हमास आक्रमणमा १,१३९ इज्ररायली नागरिकको मृत्यु भएको थियो ।

जोशी युद्धविराम सम्झौताको पहिलो चरणमा मुक्त गरिएका आजसम्मको बन्धकहरुमा परेनन् । उनको अवस्थाबारे कुनै जानकारी उपलब्ध छैन, जसले विपिनका परिवारजनका साथै सिङ्गो नेपालीलाई थप चिन्तित बनाएको छ । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको छ ।

युद्धविराम वार्ताहरू अघि बढेसँगै विपिन जोशीका परिवार र नेपाल सरकार उनको सुरक्षित फिर्तीको आशामा छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट