चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् ।
आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् ।
म्यानमार र नेपालले सोमवार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।
त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया