Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

प्रकृति लम्साल मृत्यु प्रकरण: आत्महत्या कि योजनाबद्ध हत्या? तथ्य सहित


काठमाडौँ | भुवनेश्वरस्थित किङ्ग्स इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी KIIT मा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल १६ फेब्रुअरी २०२५ मा दिउँसो ३ बजे छात्रावासभित्र मृत अवस्थामा फेला परेकी थिइन्। विश्वविद्यालय प्रशासनले घटनालाई आत्महत्या भनेर व्याख्या गरे पनि, उपलब्ध तथ्यहरू हेर्दा यो योजनाबद्ध हत्या भएको संकेत स्पष्ट देखिन्छ।

दिउँसो ३ बजे छात्रावासभित्र मृत अवस्थामा फेला परेकी प्रकृतिले मृत्युअघि २:५१ बजे आफ्ना बुवासँग फोनमा कुरा गर्दा उनी पूर्ण रूपमा सामान्य भएको उनका बुवाले बताएका छन्। तर घटनाको ठीक १ घण्टा १५ मिनेटअघि मात्र उनका पूर्व प्रेमी अद्विक श्रीवास्तवले आकस्मिक रूपमा आफ्नो उडान टिकट बुक गरेका थिए, जसले घटना झनै शंकास्पद र रहस्यमय बनाउँछ। अद्विक, जो उत्तर प्रदेशका प्रभावशाली भाजपा नेताका छोरा हुन्, लामो समयदेखि प्रकृतिलाई मानसिक र शारीरिक यातना दिइरहेका थिए।

अद्विक र प्रकृतिको सम्बन्ध लामो समयदेखि तनावपूर्ण थियो। २०२४ मा अद्विकले प्रकृतिलाई कुटपिट गरी उनको नाक भाँचिदिएका थिए, जसको प्रमाणका रूपमा मेडिकल रिपोर्टहरू पनि रहेका छन्। यो घटनापछि पनि विश्वविद्यालय प्रशासन मौन बस्यो र कुनै कारबाही गरेन। उल्टै, जब प्रकृतिले मद्दतको अपिल गरिन्, तब विश्वविद्यालयले उनलाई नै दोषी देखाउने प्रयास गर्यो।

घटनापछि विश्वविद्यालय प्रशासनको गतिविधिले झनै शंका बढाएको छ। शव भेटिएपछि तुरुन्त प्रहरीलाई खबर गर्नुको सट्टा प्रशासनले शव अस्पताल लग्यो। यो बीचमा प्रकृतिको कोठाबाट उनका मोबाइल, ल्यापटप, र डायरी हराउनु, घटनास्थललाई सिल नगर्नु, र विद्यार्थीहरूले विरोध गर्दा प्रशासन मौन बस्नुले अपराध लुकाउने प्रयास भएको स्पष्ट देखिन्छ।

जब नेपाली विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाए, तब विश्वविद्यालय प्रशासनले उनीहरूलाई धम्की दिँदै दबाब सिर्जना गर्यो। विद्यार्थीहरूले अद्विकमाथि कारबाहीको माग गर्दा, प्रशासनले अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास गर्यो। विश्वविद्यालयले कुनै पनि औपचारिक रूपमा माफी माग्नुको सट्टा, नेपाली विद्यार्थीहरूमाथि दमन बढायो। केही विद्यार्थीलाई डर देखाएर नेपाल फर्कन बाध्य पारियो।

अद्विकको राजनीतिक पहुँचका कारण अनुसन्धान निष्पक्ष रूपमा अघि बढ्न नसकेको देखिन्छ। विश्वविद्यालय प्रशासनले घटनालाई साम्य पार्न छात्रवृत्ति कोष घोषणा गरे पनि, यसलाई अपराधलाई ढाकछोप गर्ने प्रयासका रूपमा हेरिएको छ।

यस्ता प्रमाणहरूले देखाउँछ कि यो केवल आत्महत्या होइन, बरु योजनाबद्ध हत्या हुन सक्छ। सत्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनु अत्यावश्यक छ। विश्वविद्यालय प्रशासनले घटनालाई लुकाउने प्रयास गर्नुको कारण के होरु अद्विकको परिवारको शक्ति र प्रभावले उनलाई जोगाउने प्रयास भइरहेको त होइनरु नेपाली विद्यार्थीहरू न्यायको लागि संघर्षरत छन्, तर यदि विश्वविद्यालय प्रशासन र भारतीय प्रहरी निष्पक्ष नबने, यो आन्दोलन झन् चर्किन सक्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट