Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि झडप, एक दर्जन बढी घाइते


काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि झडप भएको छ । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए । ‘उहाँहरुले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ शर्माले भने, ‘त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा आएको छ ।’

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको नो इन्ट्री भनिएको ठाउँमै पुगेर उनीहरुले भाषण गरेका थिए । झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक घाइते भएको शर्माले बताए ।

‘सो गाडीमा नागरिक समाज र पत्रकारहरु सवार थिए । त्यसको चालक घाइते हुनुभएको छ । गाडी तोडफोड भएको छ,’ शर्माले भने ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट