Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

केही ठाउँमा वर्षा र हिमपात, यी चार प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं । देशका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । दिउँसोपछि मौसममा सुधार हुनेछ । पानी परेको ठाउँका किसान हर्षित भएका छन् । तर धेरै ठाउँमा हिउँदे वर्षा हुन सकेको छैन ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  तथा बाँकी  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

नेपालको मौसमी पात्रो अनुसार मंसीर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अबधि मानिन्छ ।

अब फागुन १५ गतेअघि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट