निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गर्नुभएको थियो । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।
उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया