नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव

काठमाडौं । नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार विधेयकमा ९ सामूहिक र २६ एकल संशोधन प्रस्ताव दर्ता भएका छन् । एमालेका सांसदहरूले ३ सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेस सांसदहरूले एउटा, एकीकृत समाजवादीका सांसदहरूले तीन, माओवादी सांसदहरूले एउटा र राप्रपाका सांसदहरूले एउटा सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया