Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा


काठमाडौं । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।

हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् ।

आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट