त्रिशुली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला

काठमाडौं, ११ फागुन । त्रिशुली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ। उनको शव नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटना स्थलदेखि अन्दाजी ५०० मिटर तल शव भेटिएको हो । त्रिशुलीमा माछा मार्ने क्रममा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फागुन २ गते मुग्लिङ(नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा लमजुङ चन्द्रेश्वर–३ का २७ वर्षीय राना बेपत्ता भएका थिए।
सडक छेउमा बनाइएको वालमा ठोक्किएर उनी चढेको बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको थियो। उनी बेपत्ता भएदेखि प्रहरीले खोजी कार्य जारी राखेको थियो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया