Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ


काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले १४ केजी ७७४ ग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको छ । नेपालाबाट भारत लैजान लागेको अवस्थामा लागुऔषध चरेस बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ६६ वर्षीय शुकलाल घर्ती, रोल्पाको थवाङ गाउँपालिका घर भएका ४९ वर्षीया प्रेमसरी रोका, रुकुमपूर्व भूमे गाउँपालिका घर भएकी २६ वर्षीया सरिता पुन छिन् । आरोपीहरूबारे इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट