पत्रकारद्वय दुर्गानाथ सुवेदी र राजेन्द्र प्रजापतिलाई पितृशोक

काठमाडौं, १२ फागुन । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष पत्रकार दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई पितृशोक परेको छ । उनका ७३ वर्षीय पिता तारानाथ सुवेदीको यही फागुन ११ गते आइतबार काडमाडौंस्थित मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समययता मुटुसम्बन्धी रोगबाट पीडित स्वर्गीय सुवेदीका एक छोरा र एक छोरी छन् ।
यसैगरी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका कोषाध्यक्ष पत्रकार राजेन्द्र प्रजापतिलाई पितृशोक परेको छ । प्रजापतिका पिता गणेश प्रजापतिको ८९ वर्षको उमेरमा यही फागुन १० गते शनिबार निधन भएको हो ।
नेपाल पत्रकार महासंघ स्वर्गीय पिताद्वयप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा महासंघ पत्रकारद्वय सुवेदी र प्रजापतिसहित शोकसन्तप्त सबै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया