Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

म्यानमारबाट २ जना नेपालीको उद्धार


काठमाडौं । थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ ।

अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसअघि दूतावासले गएको शुक्रवार मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरेको थियो ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्मोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट