Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको बस बिपी राजमार्गमा दुर्घटना,१८ जना घाइते


बनेपा, १३ फागुन । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । मङ्गलबार काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक नालीमा पल्टिँदा १७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

२४ जना यात्रु बोकेर रामेछाप तर्फ जाँदै गरेको उक्त बसमा चालक र सहचालक सहित १८ जना घाइते भएको र उहाँहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नाम, थर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये सात जनाको अवस्था मध्यम र ११ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दिनेश कुँवरले बताए । उनले घाइतेहरूको शरीरमा सामान्य चोटपटक मात्रै लागेको बताए । प्रहरीले राजमार्ग सुचारु रहेको जनाएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट