धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

काठमाडौं । धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङकर भीरबाट खस्दा गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यहि ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा गजुरी गाउँपालिका–६ कै १९ वर्षीय सिरिश चेपाङ र त्यहि ठाउँका १७ वर्षीय सुरेश चेपाङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।
घटनालगत्तै पक्राउ परेका ट्याङकरका चालकले हाम फालेर बाँचेको बताएका प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया