कृषि विकास बैंकद्वारा पशुपति क्षेत्रमा शिवरात्रि अवसरमा निःशुल्क खानेपानी वितरण

काठमाडौं । नेपालीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा कृषि विकास बैंकले पशुपति क्षेत्रमा विशेष सेवा प्रदान गरेको छ । बैंकले पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनहरूको सुविधाका लागि स्टल राखी निःशुल्क खानेपानी वितरण गरेको हो ।
प्रत्येक वर्ष महाशिवरात्रिमा लाखौं भक्तजन पशुपति क्षेत्रमा दर्शन गर्न पुग्ने गर्छन् । भीडभाडका बीच पानीको अभाव हुन नदिन कृषि विकास बैंकले यो व्यवस्था मिलाएको हो । बैंकका प्रतिनिधिहरूले भक्तजनहरूलाई शुद्ध पिउनेपानी उपलब्ध गराउँदै उनीहरूको सुविधा र स्वास्थ्यलाई ध्यान दिएका थिए ।
बैंकका अधिकारीहरूका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो पहल भक्तजनहरूका लागि उपयोगी भएको छ । पशुपति क्षेत्रमा रहेका श्रद्धालुहरू बैंकको यो सेवाबाट लाभान्वित भएका छन् र यस प्रकारका सेवा भविष्यमा पनि निरन्तर रहनुपर्ने माग गरेका छन् ।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जसमा भक्तजनहरू ब्रत बसी, शिव मन्दिरहरूमा पूजा अर्चना गर्न पुग्छन् । पशुपतिनाथ मन्दिरमा विशेषगरी भारत लगायत विभिन्न ठाउँबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने गर्छन् । यस्तो समयमा स्वच्छ खानेपानीको व्यवस्था हुनु स्वागतयोग्य कदम भएको श्रद्धालुहरूले बताएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया