Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

काठमाडौंको सुकेधारामा शौचालयभित्र एक पुरुषको शव फेला


काठमाडौं, १५ फागुन । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ। धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र उक्त शव भेटिएको प्रहरीले जानकारी दिएको छ। शवलाई फोहोर थुप्रोले ढाकेर राखेको प्रहरी बताएको हो।

उक्त शव ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ। शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको प्रहरीको भनाइ छ। मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको प्रहरीको भनाइ छ। मृतकको अनुहार र कपालमा रगत लतपतिएको समेत रहेको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शवलाई महाराजगन्ञजस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट