Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

आज काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट