सिन्धुपाल्चोकमा भूकम्पको मौका पारेर भाग्न खोज्ने एक कैदी घाइते

काठमाडौं । भूकम्पको मौका पारेर भाग्न खोज्ने सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पको मौकामा भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
उनको व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ल अधिकारी थापाले बताए । उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण नआएको जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया