भूकम्पले सिन्धुपाल्चोकका विभिन्न स्थानमा क्षति

चौतारा,१६ फागुन । शुक्रबार बिहान सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्पले जिल्लाका विभिन्न स्थानमा क्षति भएको छ ।
बिहान २ : ५१ मा आएको भूकम्पमा भोटेकोशी गाउँपालिकामा रहेको इलामा प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको छ ।
भूकम्पको धक्का महसुस भई भाग्ने क्रममा जिल्ला कारागारमा रहेका एक जना र मेलम्ची नगरपालिका ११ का एक जना घाइते भएका छन् । घाइते हुनेमा कारागारमा पुर्पक्षमा रहेका भोटेकोशी गाउँपालिका ५ का स्याङ्वो तामाङ र मेलम्ची नगरपालिका ११ का रुपेश तामाङ छन् ।
घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै लिसंखुपाखर गाउँपालिका ४ मा सुमन गौतमको ढुङ्गामाटोको दुईतले घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जिल्लामा हालसम्म मानवीय क्षति भएको छैन । २०७२ को विनाशकारी भूकम्पबाट अधिक क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा सुरक्षित पुननिर्माण र सचेतनाका कारण पनि कम क्षति भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया