नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौं, १६ फागुन । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।
सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन्। उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् ।
श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया