Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ


काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते विशेषमा रिट दायर गरेको थियो ।

न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको इजलास अधिकृत गरिशा भट्टराईले जानकारी दिएकी छन् । कीर्ते तथा नागरिकता अपचालन मुद्दामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको देखिन्छ । उनले पहिलोपटक २०३२ फागुन २४ गतेको नागरिकता लिएका थिए । उक्त नागरिकतामा उनको उमेर १६ वर्ष उल्लेख थियो । तर त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख थियो ।

सोही मिति प्रयोग गरेर उनले २०४३ सालमा अधिकृत स्तरको नियुक्ति लिएका थिए । सोही अनुसार ५८ वर्षे उमेरहदका कारण उनी २०७३ साल साउन १५ गते नै अवकाश भएका थिए । तर, योबिचमा साधारण तथा कूटनीतिक राहदानी लिँदा भने उनले आफ्नो उमेरलाई घटाएको देखिन्छ । राहदानीमा उनको जन्म मिति २०१८ कात्तिक २४ गते रहेको उल्लेख गरिएको छ ।

सिलवाल २०७७ माघ १० गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट