प्राध्यापक पी. खरेलको नयाँ पुस्तक सार्वजनिक

काठमाडौं, १९ फागुन। प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’लोकार्पण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेल, डा. टङ्क उप्रेती, डा. श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रुपमा आज लोकार्पण गरेका हुन् ।
रेक्टर प्रा.डा. खड्ग केसीले प्राध्यापक खरेलको लेखकीय क्रियाशीलता, लगनशीलताबाट अरुलाई उत्प्रेरणा मिलिरहेको बताए । प्राध्यापन पेशामा खरेल एक ‘आइकन’ रहेको चर्चा गर्दै रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा अनुशासनको पाठ सिकाउने विश्वास व्यक्त गरे । अध्ययन, अध्यापनका लागि पुस्तक उपयोगी रहेको उनले चर्चा गरे ।
लेखक तथा प्राध्यापक पी. खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए । आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरु प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तकहरु प्रकाशन गर्नेगरेको उनले चर्चा गरे । पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित भएको बताए । नयाँ कृति पाठकका लागि प्रेरणाको स्रोत हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विभागका डाा. घमराज लुइटेल, डा. देवराज अर्याल, डा।. ऋषिकेश दाहालसहित सो विभागमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । कुल २९५ पृष्ठको सो पुस्तकमा आठ च्याप्टर छन् । पुस्तकको प्रकाशन मण्डप पब्लिकेशन हाउसले गरेको हो ।
क्याटेगोरी : समाचार, साहित्य
प्रतिक्रिया