Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

मलंगवाबाट स्रोत नखुलेको रकम सहित दाजुभाइ पक्राउ


सर्लाही, २० फागुन । मलंगवा नगरपालिका ८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका ५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट