स्वर्गद्वारी गुठीपीडितद्वारा एमालेको मुख्यालय अगाडि धर्ना

काठमाडौँ, २० फागुन । स्वर्गद्वारी गुठीपीडितहरूले सम्झौता कार्यान्वयनको माग गर्दै एमालेको पार्टी कार्यालय पुगेर धर्ना दिएका छन्।
उनीहरू मंगलबार माइतीघरमण्डलादेखि र्यालीसहित च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय पुगेका हुन् । उनीहरूले प्रमुख चार दलका पार्टी कार्यालय गएर धर्ना दिने बताएका छन्। जसअन्तर्गत आज एमाले पार्टी कार्यालयमा धर्ना दिएका हुन्।
यसपछि कांग्रेस, माओवादी केन्द्र र रास्वपाको पार्टी कार्यालयमा पनि धर्ना दिने उनीहरूले जनाएका छन्। स्वर्गद्वारी गुठीपिडित संघर्ष समितिले विभिन्न माग राखि माइतीघर मण्डलमा अनिश्चितकालीन रिले अनसन तथा धर्ना कार्यक्रम गर्दै आएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया