Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

यी हुन् अमेरिकाबाट ‘डिपोर्ट’ भएका आठ जना नेपाली

नेपाल प्रहरीको जिम्मा लगाइयो


काठमाडौँ, २१ फागुन । अमेरिकाबाट बुधवार ‘डिपोर्ट’ भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

‘डिपोर्ट’ हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन ।

बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताए । उनीहरूलाई मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।

ट्रम्प प्रशासनले अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका विदेशीहरुलाई देश निकाला गर्ने नीति लिएका छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट