बैतडीमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बैतडी, २१ फागुन । दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्टलाई भरूवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा वन्यजन्तुको छाला फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया