Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

चौध केजी सुनसहित भारतीय अभिनेत्री रान्या राव पक्राउ


काठमाडौं । भारतमा १४.८ किलोग्राम सुनसहित कन्नड अभिनेत्री रान्या राव पक्राउ परेकी छिन् । बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको सोमबार राति उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्व गुप्तचर निर्देशनालय ९डीआरआई०ले उनलाई पक्राउ गरेको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

अभिनेत्री रावलाई आर्थिक अपराधमा अनुसन्धानका निम्ति १४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

सन् २०१४ को ‘मानिक्य’ चलचित्रमा कन्नड सुपरस्टार सुदीप सञ्जीवको ‘अपोजिट’ भूमिका निभाएपछि राव चर्चामा आएकी थिइन् । त्यसयता उनले विभिन्न दक्षिण भारतीय चलचित्रमा काम गरेकी छन् ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


ताजा अपडेट