Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीका एक शिक्षक पक्राउ


कल्याणपुर (सप्तरी), २२ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। नगरपालिकाको एक विद्यालयका छात्रालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक पक्राउ परेका हुन्।

गत मंगलबार विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ वर्षीय शिक्षकले विद्याययमा अध्ययनरत एक छात्रामाथि विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ।

प्राक्टिकल विषयमा राम्रो अंक दिने र सोही विषयमा केही कुरा गर्नेछु भन्दै शिक्षकले छात्रालाई कक्षाकोठामा यौन दुव्र्यवहार गर्न थालेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छिन्।

कोठामा लगेर शिक्षकले छात्रालाई जिउमा सुम्सुम्याउने, अंगालो हाल्ने, कपाल तान्ने, जस्ता क्रियाकलाप गर्न लागेपछि छात्राले हल्ला गरेकी थिइन्।

छात्राको हल्ला सुनेर पुगेका विद्यार्थी र अभिभावकले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए।

पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षकविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

पक्राउ परेका शिक्षकलाई बुधबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर यौन दुर्व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट