Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

सेयर बजारको ओरालो यात्रा जारी


काठमाडौं, २२ फागुन । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।

यस दिन १० अर्ब १० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १७ कारोबार दिनदेखि बढिरहेको छ । यो दिन सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६७२ रुपैयाँ २० पैसा कायम भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।

आज ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ । अरू समूहको परिसूचक घटेको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट