काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व सुरु

काठमाडौँ, २३ फागुन । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । यसै अवसरमा शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबार अगाडि चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।
यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए । यस वर्षको होली पर्व भने फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएर होली मनाइने भएको छ
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया