Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

कुलमानलाई हटाउन खोजेको भन्दै बुटवलमा चक्का जाम


बुटवल । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न लागेको विरोधमा बुटवलमा चक्काजाम गरिएको छ । शनिबार दिउसो पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित बुटवल–१२ तामनगरमा ३० मिनेट चक्काजाम गरिएको हो ।

तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो । दैनिक १८ घण्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागेको उनीहरूले आरोप लगाएका छन् ।

लोडसेडिङ सधैँका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सम्पूर्ण नेपालीहरू एकजुट भई अगाडि बढ्न र उज्यालो अभियानका प्रणेताका रूपमा स्थापित घिसिङलाई साथ दिने इभुलोसन क्लबका अध्यक्ष राम बहादुर पुनले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट