Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशलाई एपीएफले दियो १७५ रनको विजयी लक्ष्य


काठमाडौं, २५ फागुन । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले बागमती प्रदेशलाई १७५ रनको विजयी लक्ष्य दिएको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको हो।

बागमतीका रिजन ढकालको उत्कृष्ट स्पेलले एपिएफ सस्तैमा अलआउट भएको हो। रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट लिएका हुन्। टस हारेको एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए ।

एपीएफका ओपनर ब्याटर लोकेश बम डक आउट र अर्का ओपनर आसिफ शेख १ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेलको ब्याटबाट पनि दोहोरो अंकमा रन बन्न सकेन। तेस्रो क्रमका ब्याटर दिपक बोहोराले ४५ बलमा १ चौकासहित २५ रन बनाए। त्यसपछि समित महर्जन, भुवन कार्की दुवै सस्तैमा समेटिए।

कमल सिंह ऐरीले ६१ बलमा १५ रन बनाए। अमर रौतेलाले ४३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बागमतीका लागि नन्दन यादवले ३ विकेट लिए। सूर्य तामाङले २ विकेट लिए। यी दुई बलरले एपिएफको शीर्ष क्रम र मध्य क्रम ध्वस्त बनाएका हुन्।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट