Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

राजावदीहरुले गरे ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत : राजेन्द्र लिङ्देन, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीसँग छलफल


काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा समर्थकहरूले उनको स्वागत गरेका छन्।
विमानस्काथलबाट बाहिर निस्कने क्रममा उनलाई हजारौँ समर्थकहरूले स्वागत गर्दै उनको गाडी अगाडि बढाएका छन् ।

उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन्। राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए।

काठमाडौँस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफल गरेका थिए।
राजावदीहरुले् पूर्वराजा शाहलाई र्‍याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ।

बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट