कोटीहोम विवाद मिलाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्ने सहमति

कास्की । पोखरामा कोटी होम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरिने भएको छ । सोमबार काकोटीहोम आयोजक र पोखरा महानगरबिच भएको वार्तामा ५ सदस्यीय समिति गठन गरेर समितिले कार्यक्रमबारे टुङ्गो लगाउने सहमति भएको हो ।
वार्ता समिति जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका २ जना र आयोजक मानव सेवा फाउन्डेसनका २ जना सदस्य रहने पनि सोमबार सहमति जुटेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया