मोटरसाइकललाई जोगाउन खोज्दा सप्तरीमा विंगर दुर्घटना, चालकको मृत्युु

भारदह (सप्तरी), २७ फागुन । सप्तरीमा विंगर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका रघु यादव रहेका छन् ।
सोमबार राति राजविराजबाट रूपनी आउने क्रममा विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा विंगर दुर्घटना भएको हो ।
दुर्घटना परी गम्भीर घाइते भएका यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया