Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः नारायणकाजी श्रेष्ठ


काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।

बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताए । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।

उनले भने, ‘‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ ।’’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट