भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २९ फागुन । भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका ६ बस्ने ३६ वर्षीय मोटरसाइकल चालक श्याम कृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार अपराह्न पौने ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं ३ गठ्ठाघर चोकस्थितमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकले ठक्कर दिँदा कायस्थ घाइते भएका थिए। उनको उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगेकोमा उपचारको क्रममा ४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे न पा वडा नं ६ घर भई हाल जिल्ला भक्तपुर मध्यपुरठिमी ।न।पा।३ साँगबारी बस्ने ४७ वर्षीय ट्रक चालक चन्द्रलाल शाक्यलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया