Techie IT
Samayabaddha
बिहीबार, २९ फागुन, २०८१

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो


काठमाडौं, २९ फागुन । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–२, बलाती बस्ने अन्दाजी ६० वर्षीय बलिराम थारुको मृत्यु भएको हो ।

आफ्नै घर नजिकै रहेको बारीमा जंगली हात्ती आएको र उक्त हात्ती धपाउने क्रममा बुधबार साँझ आक्रमणमा परेको प्रहरीले जनाएको छ ।

स्थानीयले खबर गरेपश्चात इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउ, बर्दियाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई जानकारी गराएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट