Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

दैलेखमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु


दैलेख, १ चैत । दैलेखमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भैरवी गाउँपालिका–५, ढाडगाउँस्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापिएर मृत्यु भएको हो ।

वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरूको रुख ढाल्नेक्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट