Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा युवकको मृत्यु


दाङ । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट