होली खेल्दा भएको विवादमा छुरी प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं । धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा हिजो बेलुका भएको विवादपछि छुरी प्रहार हुँदा १९ वर्षीय आँशु यादवको ज्यान गएको हो । छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषासहित मधेशका धेरैजसो जिल्लामा शुक्रवार होली मनाइएको भए पनि जनकपुरधाममा भने हिजो होली मनाइएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया